भारतमा जगन्नाथ रथ यात्राले हाइटेन्सन छुँदा ७ जनाको मृत्यु, १८ घाइते – Nepal Press

भारतमा जगन्नाथ रथ यात्राले हाइटेन्सन छुँदा ७ जनाको मृत्यु, १८ घाइते

नयाँदिल्ली । त्रिपुराको उनाकोटी जिल्लामा बुधवार साँझ भगवान् जगन्नाथको रथ हाई टेन्सन तारको चपेटामा परेको छ । जसका कारण ७ जनाको मृत्यु भएको छ । सोही क्रममा १८ जना जलेका छन् ।

भगवान् जगन्नाथको उल्टा रथयात्राका क्रममा दिउँसो ४ः३० बजे कुमारघाट क्षेत्रमा उक्त घटना भएको प्रहरीले जनाएको छ ।

प्रदेशका मुख्यमन्त्री माणिक साहले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । दुर्घटनामा धेरै तीर्थयात्रीको ज्यान गएको उनले बताए । योसँगै धेरै मानिस घाइते भएका छन् ।

‘यो घटनाबाट म दुखी छु। मृतकका परिवारजनमा मेरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना। यस दु:खद घडीमा प्रदेश सरकार पीडितहरूको साथमा छ, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर