वाग्नर प्रकरणको मौकामा बेलारुसमा पनि विपक्षीले ‘कू’को योजना बनाएका थिए : लुकासेन्को – Nepal Press

वाग्नर प्रकरणको मौकामा बेलारुसमा पनि विपक्षीले ‘कू’को योजना बनाएका थिए : लुकासेन्को

काठमाडौं । बेलारुसका राष्ट्रपति अलेजेन्डर लुकासेन्कोले रुसमा भएको वाग्नर प्रकरणकै दौरानमा आफ्नो देशमा पनि ‘कू’को प्रयास भएको बताएका छन् ।

बेलारुसको सरकारी समाचार एजेन्सी बेल्टालाई लुकासेन्कोले बताएअनुसार बेलारुसका विपक्षीहरुले सैन्य कूको तयारी गरेका थिए । तर, उक्त योजना आफूले असफल पारेको लुकासेन्कोले दाबी गरेका छन् ।

आफूले रुसमा भएको तनाव त्यत्तिकै हेर्न नसकेकोसमेत उनले बताएका छन् । रुसी सेना र भाडाका सिपाही भर्ती गर्ने प्रभावशाली वाग्नर समूहको मस्कोमा शनिबार भिडन्त हुने सम्भावना हुँदा लुकासेन्कोले मध्यस्थता गरेर समाधान गरेका थिए ।

मध्यस्थतासँगै रुसले वाग्नर समूहका सदस्यहरुलाई कारबाही नगर्ने बताएको थियो भने वाग्नर समूहका प्रमुख येभ्गेनी प्रिजोजिन बेलारुस प्रवेश गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर