कांग्रेसले विश्वास गुमाइसक्यो, पार्टी सभापतिले डाक्ने बैठक मैले बोलाउन मिल्दैन: गगन थापा (भिडिओ) – Nepal Press

कांग्रेसले विश्वास गुमाइसक्यो, पार्टी सभापतिले डाक्ने बैठक मैले बोलाउन मिल्दैन: गगन थापा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाको कारणले पार्टीको बैठक बस्न नसकेको आरोप लगाएका छन् ।

काठमाडौंमा आयोजित प्रेस युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभाग गठन गर्न पनि चासो नदिएको बताए ।

महामन्त्री थापाले भने, ‘नेपाली कांग्रेसको बैठक राख्न दबाब छ । तर, मैले बोलाउने होइन । अहिले केही दिनअघि मात्रै एउटा विभाग गठन भएको छ । विभाग गठन गर्ने सबै जिम्मेवारी पार्टीको विधानले सभापतिलाई दिएको छ । अस्ति उहाँलाई मन लागेको थियो गर्दिनुभयो । अहिले उहाँलाई मन लागेको छैन गर्नुभएको छैन । कलम भित्र राख्नुभएको छ निकालेर उहाँले हस्ताक्षर गरे विभाग बन्छ । तर, हामी समस्या कहाँ छ, बोल्न डराउँछौं ।’

उनले अहिले कांग्रेसले विश्वास गुमाएको टिप्पणी गरे ।

उनले भने, ‘भोट पाएको तर, विश्वास गुमाएको छ । भोट नपाएको भए त चुनाव कसरी जित्ने ? हामी अहिले ठूलो पार्टी छौं, अस्तिमात्रै चुनाव जितेको । हामीले भोट पाएको अवस्था भएपछि त्यसको चिन्ता नगरौं । अब विश्वासलाई पुनःस्थापित ग¥यौं भने भोट आफैं आउँदो रहेछ । त्यसैले अब विश्वासको वातावरण बनाउने अहिलेको एकमात्रै सूत्र भनेको कांग्रेसलाई बदल्ने हो ।’

अहिलेको कांग्रेस पार्टी र नेतालाई जस्ताको तस्तै राखेर पार्टी नबन्ने थापाको भनाइ थियो ।

उनले भने, ‘सबै नेताहरुले आफैंलाई बदल्नुपर्छ । म कांग्रेस बदल्ने संकल्पसहित हिँडेको छु । पहिला मैले आफूलाई सुर्धानुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर