एमाले सचिवालय बैठक आज, केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरिने – Nepal Press

एमाले सचिवालय बैठक आज, केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरिने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

च्यासलस्थित पार्टी मुख्यालयमा बैठक बिहान साढे ११ बजेबाट सुरू हुनेछ । सचिवालयले गत वैशाख २८-३० को केन्द्रीय कमिटीको कार्ययोजनालाई अन्तिम रूप दिने बताइएको छ ।

साथै आज केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने एजेण्डा छ ।

केन्द्रीय कमिटीको बैठकले आफ्नो जिम्मेवारीमा रहेको भूगोलभन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरे अनुसार केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न लागिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर