‘सकम्बरी’को अर्को दमदार म्युजिक भिडिओ, दुर्गेशसँग देखिइन् फरक अवतारमा – Nepal Press

‘सकम्बरी’को अर्को दमदार म्युजिक भिडिओ, दुर्गेशसँग देखिइन् फरक अवतारमा

काठमाडौं । प्रकाश सपुतको गीत ‘सकम्बरी’ बाट रातारात हिट भएकी कुसुम शर्मा अभिनित नयाँ म्युजिक भिडिओ दर्शकमाझ आएको छ ।

‘ईंट्टा भट्टी’ को बोलको गीतमा उनी गायक दुर्गेश थापाको जोडीका रुपमा फरक भूमिकामा देखिएकी छन् ।

याम थापा मगरको रचना र संगीत अनि दिपेन थापाको स्वरमा सजिएको गीत आज युट्यूवमा रिलिज गरिएको हो । गीत मौलिक एवं कर्णप्रिय छ भने दुर्गेशकै कथा र अवधारणामा तयार भएको भिडिओ निकै सशक्त छ । भिडिओ निर्देशन विशाल घिमिरेले गरेका हुन् ।

प्रायः भिडिओमा हाउडे र ट्यापे भूमिकामा देखिने गरेका दुर्गेशले यसपाली नयाँ प्रयोग गरेका छन् । दुर्गेश र कुसुमलाई ईंट्टाभट्टामा काम गर्ने मजदुर जोडीको रुपमा देख्न सकिन्छ । दुवैले आ–आफ्नो छाप छोडेका छन् । कुसुमको मुस्कान र अभिनयले कायल बनाउँछ ।

ईंट्टाभट्टामा काम गर्दैगर्दा एक युट्यूवरले दुर्गेशको अन्तरवार्ता लिन्छन् र उनको गायन प्रतिभालाई युट्यूवमार्फत सबैसामु पुर्याउँछन् । त्यसपछि उनको जीवनले नयाँ टर्न लिन्छ । दुर्गेश ‘स्टार गायक’ बन्छन् । यही कथामा बनेको छ भिडिओ ।

 

प्रकाश सपुतकै शैलीमा भिडिओको सुरु, बीच र अन्त्यमा संवादहरु प्रयोग गरेर कथा बुनिएको छ । संवादमा प्रयोग गरिएका केही शब्द भने किरीकिरी लाग्न सक्छन् ।

यो भिडिओ यामबहादुर थापा मगरको युट्यूव च्यानलबाट रिलिज गरिएको हो ।

भिडिओ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर