प्रदीप यादव भन्छन्- टोपबहादुर फरार हुनुले संलग्नता पुष्टि गर्छ (भिडिओ) – Nepal Press

प्रदीप यादव भन्छन्- टोपबहादुर फरार हुनुले संलग्नता पुष्टि गर्छ (भिडिओ)

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले नक्कली शरणार्थी प्रकरणमा मुछिएसँगै एमाले नेता टोपबहादुर रायमाझी फरार भएपछि थप आशंका बढेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै छोरा पक्राउ परेपछि सम्पर्कविहीन हुनुले घटनामा संलग्न भएको पुष्टि गर्ने उनको जिकिर छ ।

उनले भने, ‘यदि दोषी छैनन् भने प्रहरीबाट किन लुकेर बसेका छन् ? लुक्नु भनेको यस प्रकरणमा कुनै न कुनै संलग्नता भएको पुष्टि गर्छ । उनका छोरा पक्राउ पर्नुपर्ने थप बल पुगेको छ । त्यसैले प्रहरीले पक्राउ गरेर छिटोभन्दा छिटो कानूनको दायरामा ल्याउनुपर्ने हुन्छ । नभए प्रहरीकै काममाथि पनि प्रश्न उठ्नसक्छ ।’

उनले सो प्रकरणमा दोषी देखिनेजति सबैलाई कारबाही गर्न माग गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर