कांग्रेसले गिरीबन्धु टी स्टेटको विषय पनि सदनमा उठाउने, दोषीलाई कारबाही गर्न माग – Nepal Press

कांग्रेसले गिरीबन्धु टी स्टेटको विषय पनि सदनमा उठाउने, दोषीलाई कारबाही गर्न माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गिरीबन्धु टी स्टेटको विषय पनि अब सदनमा उठाउने भएको छ ।

चिया उत्पादनमा नभएको जग्गा सरकारीकरण गर्न आदेश सर्वोच्च अदालतले आदेश दिएपछि आज बसेको संसदीय दलको बैठकले यो विषय पनि सदनमा उठाउने निर्णय गरेको एक सांसदले बताए ।

ती सांसदले भने- आजबाट हाम्रो संसद्मा उठाउने अर्को एजेन्डा पनि थपिएको छ । गिरीबन्धु टी स्टेटको जग्गासम्बन्धी सर्वोच्चको फैसलाको स्वागत गर्दै यो विषयलाई प्राथमिकताका साथ उठाउँछौँ । यो प्रकरणमा संलग्न तत्कालीन सरकारका जिम्मेवार व्यक्तिहरूलाई कारबाही हुनुपर्छ भन्ने हाम्रो माग हो ।

२०७८ वैशाख १३ गते तत्कालीन केपी ओली नेतृत्वको सरकारले यो जग्गा भाडामा दिने निर्णय गरेको थियो । कांग्रेसले अहिले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणको छानबिनको माग गर्दै संसदीय समिति बटमलाइन बनाउँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर