नेपाल इन्टरनेशनल टुरिजम एक्स्पोको हस्पिटालिटी पार्टनरमा सोल्टी होटेल – Nepal Press

नेपाल इन्टरनेशनल टुरिजम एक्स्पोको हस्पिटालिटी पार्टनरमा सोल्टी होटेल

काठमाडौं । नेपालमा आयोजना भइरहेको नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो (नाइट) मा हस्पिटालिटी पार्टनरका द सोल्टी होटेल एण्ड रिर्सोट रहने भएको छ ।

सोमबार नेपालमा पहिलो पटक आयोजना भइरहेको नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो (नाइट) को हस्पिटालिटी पार्टनरका लागि दुवै पक्षबीच सम्झौता भएको हो ।

भृकुटीमण्डपको प्रदर्शनी हलमा यही जेष्ठ ३२ र असार १ गते (१४–१५ जुन २०२४) मा एक्सपोको आयोजना हुन गइरहेको छ । सोल्टी होटेलका उपाध्यक्ष सुदर्शन चापागाईँले नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो (नाइट) नेपालको पर्यटन प्रवर्द्धनका क्षेत्रमा एउटा कोशेढुंगा सावित हुन सक्ने बताए ।

त्यस्तै, समिट इभेन्ट्सका प्रबन्ध निर्देशक विष्णु पाण्डेले एक्स्पोले नेपालको समृद्ध प्राकृतिक र सांस्कृतिक सम्पदालाई हाइलाइट गर्दै विश्वपर्यटन समुदायभित्र अर्थपूर्ण सम्बन्ध र सहकार्यलाई प्रवर्द्धन गर्दै एउटा प्रमुख कार्यक्रम हुने लक्ष्य लिएको बताए ।

टुरिजम एक्स्पोमा देश तथा विदेशमा रहेका पर्यटन सम्बद्ध व्यवसायी (होटेल, रिसोर्ट, होमस्टे, ट्राभल/टुर/ट्रेकिङ/माउन्टेनियरिङ एजेन्सी, एयरलाईन्स) सरोकारवाला व्यक्ति तथा निकायलाई लक्षित गरिएको प्रदर्शनीमा न्यूनतम १६ देश, २५० क्रेता तथा १ हजार आगन्तुकको सहभागिता रहने कम्पनीका निर्देशक शिशिर खनालले बताए ।

नाइट २०२४ ले नेपालको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय बिटुबी र बिटुसी पर्यटन प्रदर्शनी बन्ने लक्ष्य राखेको छ । जसले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन सरोकारवालाहरूलाई दुई दिने नेटवर्किङका लागि एकसाथ ल्याउने, नयाँ सहकार्यलाई बढवा दिने र दिगो साझेदारी स्थापना गर्ने लक्ष्य राखेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर