संसदमा नीति तथा कार्यक्रमको रिहर्सल (तस्बिरहरू) – Nepal Press

संसदमा नीति तथा कार्यक्रमको रिहर्सल (तस्बिरहरू)

काठमाडौं । आज सरकारको वार्षिक नीति तथा कार्यक्रम पेश हुँदैछ । संघीय संसदको दुवै सदन प्रतिनिधिसभा तथा राष्ट्रियसभाको अपरान्ह ४ बजे तय संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा नीति तथा कार्यक्रम प्रस्तुतिसँगै राष्ट्रपतिको सवारीको पूर्वतयारी (रिहर्सल) गरिएको छ ।

सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, महासचिव पद्मप्रसाद पाण्डेलगायतका संसद सचिवालयका अधिकारी र सुरक्षा अधिकारीहरू संसद भवन परिसर र बैठकस्थल पुगेका थिए ।

संसद भवन परिसर र बैठकस्थल सिँगारिएको छ । राष्ट्रपतिको विशेष सवारी हुने भएकाले त्यही अनुसार सुरक्षा प्रबन्ध गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर