फुटेर जानेप्रति उपेन्द्रको टिप्पणी- उनीहरु आफैं फुटेका होइनन्, लोभलालचमा पारिएको छ (भिडिओ) – Nepal Press

फुटेर जानेप्रति उपेन्द्रको टिप्पणी- उनीहरु आफैं फुटेका होइनन्, लोभलालचमा पारिएको छ (भिडिओ)

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजन गर्नेहरुलाई कुकुरको संज्ञा दिएका छन् ।

शनिवार जनकपुरधाम आएका उपप्रधान एवं स्वास्थ्य मन्त्री समेत यादवले विमानस्थलमा सञ्चारकर्मीको जिज्ञासामा भने, ‘कुकुरले टोक्यो भने हामीले कुकुरलाई टोक्न जाने होइन् ।’

उनले लोभी पापीहरु पार्टीबाट बाहिरिदैँमा पहिचान र राष्ट्रिय मुक्ति आन्दोलनमा असर नपर्ने बताए । उनले भने, ‘दुई-चार वटा लोभी पापीहरु यताउता गर्दैमा मुक्ति आन्दोलन र जनताको मुक्ति चाहनामा फरक पर्नेबाला छैन् ।’

अध्यक्ष यादवले अन्तैबाट फुटेरै आएकाहरु थप स्वार्थ पुरा गर्न अन्त गएको बताए । ‘फुट्नेहरु आफैँ फुटेको होइन्,’ उनले भने, ‘अरुले फुटाइदिएको हो । अलिकति लोभलालच देखाएर ।’

पञ्चातयकालको निरंकुशताविरुद्ध लडिरहेका बेला तत्कालीन शासनसत्ताले केही लोभीपापीलाई काँग्रेस र कम्युनिस्टबाट ल्याई पञ्चायतमा बसाउँदै वक्तव्यबाजी गर्ने गरेको स्मरण गर्दै अध्यक्ष यादवले भने, ‘त्यो व्यवस्था पनि पतन भयो । त्यो व्यवस्था टिकाउन खोज्नेको पनि पतन भयो ।’

मधेशी स्वास्थ्यकर्मी फोरम नेपालको चौथो महाधिवेशन उद्घाटनका लागि अध्यक्ष यादव जनकपुरधाममा आएको बुझिएको छ ।


प्रतिक्रिया

One thought on “फुटेर जानेप्रति उपेन्द्रको टिप्पणी- उनीहरु आफैं फुटेका होइनन्, लोभलालचमा पारिएको छ (भिडिओ)

  1. अहिलेमात्र फुटेको हो र ? ९ पटक भयो । अरूलाई दोष लगाउन त लाज हुनुपर्ने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर