सुमेरु सहकारीले बचतकर्तासँग माफी माग्यो, सम्पत्ति बेचेर भए पनि रकम फर्काउने आश्वासन – Nepal Press

सुमेरु सहकारीले बचतकर्तासँग माफी माग्यो, सम्पत्ति बेचेर भए पनि रकम फर्काउने आश्वासन

काठमाडौं । ललितपुरको पुल्चोकमा मुख्य कार्यालय रहेको सुमेरु बचत तथा ऋण सहकारी संस्थाले सुमेरु ग्रुपको सम्पत्ति बेचेर बचतकर्ताको बचत फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

सहकारीले नियम अनुसार साँवा ब्याज भुक्तान गर्न नसकेको भन्दै माफी मागेको छ । सुमेरुले एक विज्ञप्ति जारी गरेर बचतकर्ताको पैसा फिर्ता गर्न सम्पत्ति बेच्ने प्रतिबद्धता व्यक्त गरेको हो । सहकारीले सञ्चालकहरू नभागेको पनि दाबी गरेको छ ।

‘निक्षेपकर्ताको निक्षेप सुरक्षित गर्ने प्रयासमा लागेको बेला सञ्चालक विदेश पलायन हुने भाग्ने जस्तो गै जिम्मेवार कार्य संस्थाको सञ्चालकबाट कदापि हुने छैन यसप्रति हामी हाम्रा निक्षेपकर्तालाई विश्वास र आश्वस्त हुन हार्दिक अपिल गर्दछौँ’, सहकारीका व्यवस्थापक धनेन्द्र कटेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

सुमेरुले प्रदेश रजिष्ट्रारको कार्यालयमा पेश गरेको वित्तीय विवरण अनुसार ८ अर्ब बढी दायित्व र १० अर्ब सम्पत्ति रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर