‘घुम्तीमा जुधेको आँखा’ लिएर आए सुनिल गिरी – Nepal Press

‘घुम्तीमा जुधेको आँखा’ लिएर आए सुनिल गिरी

काठमाडौँ । गायक सुनिल गिरीको ‘घुम्तीमा जुधेको आँखा’ बोलको सालैजो गीतको भिडिओ सार्वजनिक भएको छ । गायक गिरी स्वयमकै शब्द तथा संगीतमा तयार सालैजो गीतमा नायिका मिरुना मगर र मोडल रोशन केसीको अभिनय छ । मोडल रोशनसँग गायक गिरीको यो दोस्रो सहकार्य हो । यसअघि गायक गिरीकै ‘जुम्ला’ गीतमा रोशनको अभिनयको चर्चा भएको थियो ।

रोमान्टिक शैलीमा तायर पारिएको घुम्तीमा जुधेको आँखा एक प्रेमील जोडीको प्रेम कथा हो । जसलाई अनिल कृष्ण मानन्धरले निर्देशन गरेका हुन् भने नृत्य निर्देशन मौसम हिमालीले गरेका हुन् । मनोज कार्कीको सम्पादन तथा कलरिगं, कृष्ण विक भान्जाको एरेन्जमा तयार भएको गीतको छायांकन निर्देशक अनिल स्वयम्‌ले गरेका हुन् ।

गायक गिरीकै कन्सेप्टमा तयार भएको भिडिओ सुनिल गिरी अफिसियलबाट सार्वजनिक गरिएको हो । गायक गिरीका यसअघि को होला त्यो, आँखा जुधाउने, सोल्टिनी, को होला त्यो फिमेल भर्सन, मसला, जुम्लालगायतका दर्जनौं गीतहरू बजारमा आइसकेका छन् । जसमध्ये अधिकांश गीतहरू करोड क्लबमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर