विदेशबाट युवाले नपठाएको भए सांसदहरुले तलबभत्ता खाने पैसा सरकारसँग हुँदैनथ्यो : सांसद सिंह (भिडिओ) – Nepal Press

विदेशबाट युवाले नपठाएको भए सांसदहरुले तलबभत्ता खाने पैसा सरकारसँग हुँदैनथ्यो : सांसद सिंह (भिडिओ)

काठमाडौं । राप्रपा सांसद दिपकबहादुर सिंहले देशलाई वैदेशिक रोजगारमा जानेहरुले श्रीलंक हुनबाट जोगाइरहेको बताएका छन् ।

बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विदेशबाट पैसा नआएको भए सांसदहरुले पनि तलब भत्ता खान नपाउने बताए ।

उनले भने, ‘आज ती भाइबहिनीहरुको सुरक्षाको लागि सरकारले के दिएको छ ? के गरेको छ ? सरकारले त्यो पक्षमा के सोचेको छ । सरकारले अयोग्य लडाकुलाई करोडौं बाँड्न थालेको छ । त्यो पैसा जो बाकसमा आएका छन् । त्यो परिवारलाई राहत बाँडे सरकारको जयजयकार हुन्थ्यो ।’

सरकारले एक सय दिन कटाउँदा समेत केही गर्न नसकेपछि विरोध भएको बताए । उनले भने, ‘अब जनताले विकल्प खोज्ने बेला आएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर