सात नयाँ अनुहार समेट्दै थ्री नेसन्स कपका लागि नेपाली टीमको घोषणा – Nepal Press

सात नयाँ अनुहार समेट्दै थ्री नेसन्स कपका लागि नेपाली टीमको घोषणा

काठमाडौं । प्रधानमन्त्री थ्रि नेसन्स कप फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ।

नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एन्नेसले सात नयाँ अनुहार समेट्दै २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् ।

गाेलकिपर अभिषेक बराल, पदम भट्टराई, मनि कुमार लामा, नवीन लामा, सनिश श्रेष्ठ, सुमित श्रेष्ठ र दीपक राजसिंह ठकुरीलाई पहिलाे पटक राष्ट्रिय टिममा समावेश गरिएकाे हाे ।

थ्री नेसन्स कपमा नेपालसँगै भुटान र लाओसकाे सहभागिता रहेकाे छ । दशरथ रंगशालामा बुधबार देखि सुरू हुने प्रतियोगिताकाे उद्घाटन खेलमा नेपाल र लाओसबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ५:३० बजे सुरू हुनेछ ।

लाओसले दाेस्राे खेल शनिबार खेल्नेछन् । नेपाल र भुटानले आगामी मंगलबार र फाइनल खेल शुक्रबार हुनेछ ।

गोलकिपर: किरण चेम्जोङ, दीप कार्की, अभिषेक बराल
डिफेन्डर: सनिश श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पदम भट्टराई, आदित्य चौधरी, निशान्त खड्का
मिडफिल्डर: पुजन उपरकोटी, अरिख विष्ट, नविन लामा, रोहित चन्द, कमल थापा, मणि कुमार लामा, भरत खवास
फरवार्ड : आयुष घलान, नवयुग श्रेष्ठ, दीपकसिंह ठकुरी, अन्जन विष्ट, सुमित श्रेष्ठ, आशिष चौधरी, मनिश डाँगी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर