सदनमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुख घिमिरेको रुलिङ (भिडिओ) – Nepal Press

सदनमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुख घिमिरेको रुलिङ (भिडिओ)

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा सांसदहरूले उठाएका विषयहरूको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सरकारले आफूहरूले उठाएका विषयहरुको जवाफ नै नदिएको भन्दै रुलिङ गर्न सभामुख घिमिरेसमक्ष आग्रह गरेका थिए । सांसदहरूको आग्रहपछि सभामुख घिमिरेले सरकारलाई संसदमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन निर्देशन गरेका हुन् ।

उनले भने, ‘शून्य समय र विशेष समयमा मान्य सदस्यहरूबाट उठाइएका सवालमा सदनमा जवाफ दिन सरकारलाई म निर्देशन गर्दछु ।’

संसदमा सांसदहरूले सरकारले आफूहरूका प्रश्नको उत्तर नदिएर पन्छिरहेको आरोप लगाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर