टिओआरमा सहमतिपछि कांग्रेसले भन्यो- संलग्न देखिए गृहमन्त्रीलाई पनि समितिले छाड्दैन – Nepal Press

टिओआरमा सहमतिपछि कांग्रेसले भन्यो- संलग्न देखिए गृहमन्त्रीलाई पनि समितिले छाड्दैन

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न भएको देखिए कारबाही हुनेगरी छानबिन समितिको टिओआर बनेको बताएका छन् ।

टिओआरमा सहमति जुटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सहमतिको बुँदा नम्बर ४ ले गृहमन्त्रीसहित जोसुकै व्यक्ति संलग्न भएपनि कारवाही हुने बताए ।

उनले भने, ‘हामीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समेत विभिन्न सहकारीबाट गोरखा मिडिया नेटवर्कमा रकम आयो र उक्त रकम अपचलनमा उहाँ पनि संलग्न हुनुहुन्छ भनेर हामीले उठाएका थियौं। त्यसकारण सरकारी छानबिनबाट पार लाग्दैन भनेर संसदीय छानबिन समितिको माग गरेका थियौं त्यहीअनुसार अहिले बुँदा नम्बर ४ मा गोर्खा मिडिया मात्रै नभइ अन्य संस्थामा पनि अपचलन भएको छ भन्ने अध्ययन गर्ने र अनुचित कार्यमा पैसा गएको छ भने त्यस्ता व्यक्तिबारे छानबिन गरेर कानूनको दायरामा ल्याउने भन्ने कुरा उल्लेख गरेका छौं । त्यसैले छानबिन हुनुपर्ने व्यक्तिमाथि छानबिन हुन्छ कि हुँदैन भन्ने प्रश्न उठेको छ। यो बुँदाले गृहमन्त्री मात्रै होइन दोषी देखिए कसैलाई छाड्दैन ।’

गोरखा मिडियालगायत जुनसुकै कम्पनीमा सहकारीको रकम अपचलन भएको भए त्यसका बारेमा छानबिन गरेर कारवाहीको दायरामा ल्याउने बताए ।

 


प्रतिक्रिया

One thought on “टिओआरमा सहमतिपछि कांग्रेसले भन्यो- संलग्न देखिए गृहमन्त्रीलाई पनि समितिले छाड्दैन

  1. संलग्न देखिए त तिमीलाई पनि छोडदैन नि। लुट मच्चाएका काँग्रेसका कुनै नेतालाई पनि छोडदैन । एउटा मिडिया ताकेर बनाएको छानबिन समितिले समग्रमा समाधान दिन पनि सक्दैन । तैपनि काँग्रेसलाई गलाएकोमा ओलिलाई धन्यवाद । साथै रविले संसदमा काला काँग्रेसहरूको पोल खोलिदिएपछि अहिले तिनीहरू उफ्रिएर कराउन छोडेका छन् । जस्तै गगन । त्यसैले रविलाई पनि धनयवाद । यसरी नै काँग्रेसलाई पेलेर सक्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर