सहकारीको रकम अपचलनबारे छानबिन गर्न संसदीय विशेष समिति गठन – Nepal Press

सहकारीको रकम अपचलनबारे छानबिन गर्न संसदीय विशेष समिति गठन

काठमाडौं । सहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्न बन्ने संसदीय छानबिन विशेष समिति गठन भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकले समिति गठन गरेको हो ।

समितिमा ईश्वरीदेवी न्यौपाने, ध्रुवबहादुर प्रधान, बन्द्री पाण्डे, लेखनाथ दाहाल, शिशिर खनाल, सरिता भुसाल र सूर्यबहादुर थापा रहेका सभामुख देवराज घिमिरेले बताए ।

सात सदस्यीय समितिमा कांग्रेस र एमालेका तर्फबाट २/२, माओवादी, रास्वपा र राप्रपाका १/१ जना सदस्य रहनेछन् । जसअनुसार कांग्रेसबाट पाण्डे र न्यौपाने, एमालेबाट थापा र भुसाल, माओवादी केन्द्रबाट दाहाल, रास्वपाबाट खनाल र राप्रपाबाट प्रधान सदस्य रहने भएका छन् । एमाले सांसद थापाकाे संयाेजकत्वमा छानबिन समिति गठन गरिएकाे हाे ।

शीर्ष नेताहरुमा भएको सहमति अनुसार छानबिन समितिको कार्यादेश आजै बसेको कार्यदलको बैठकले टुंग्याएको थियो ।

समितिले सहकारीमा देखिएको समस्या समाधान, बचतकर्ताको रकम फिर्ताकोको उपायसहितको सुझाव दिनेछ। कार्यादेशमा समस्याग्रस्त २९ सहकारीको नाम समेत उल्लेख छ ।

कांग्रेससहित विपक्षी दलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै छानबिन समितिको माग गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर