पेट्रोलियम पदार्थमा कति लाग्यो हरित कर ? – Nepal Press

पेट्रोलियम पदार्थमा कति लाग्यो हरित कर ?

काठमाडौं । सरकारले नयाँ बजेटमार्फत पेट्रोलियम पदार्थमा हरित कर लगाउने घोषणा गरेको छ । यसभन्दा पहिले पनि पेट्रोलिय पदार्थ विभिन्न शीर्षकमा कर लाग्दै आएको थियो । आजबाट सरकारले पेट्रोलिय पदार्थ हरित कर लगानएको हो । जसमा पेट्रोल र डिलेलमा प्रतिलिटर १/१ रुपैयाँ हरित कर थपिएको छ ।

अब १ लिटर पेट्रोल प्रयोग गर्दा प्रयोग कर्ताले ५५ रुपैयाँ ४७ रुपैयाँ विभिन्न कर तिर्नु पर्ने भएको छ । भने, डिजेलमा ३८ रुपैयाँ कर तिर्नु पर्ने भएको छ ।

कति लाग्छ कर ?

निगमले सरकारलाई १ लिटर पेट्रोलमा २५ रूपैयाँ २० पैसा भन्सार शुल्क, ०.०२५ रूपैयाँ भन्सारको सेवा शुल्क, ४ रूपैयाँ सडक मर्मत शुल्क र १.५० रूपैयाँ प्रदूषण शुल्क, १० रूपैयाँ पूर्वाधार कर र १२ रूपैयाँ ६५ पैसा मूल्य अभिवृद्धि करको रूपमा बुझाउनुपर्छ । उपभोक्ताले अहिले १ लिटर पेट्रोल खरिद गर्दा ५४ रूपैयाँ ४७ पैसा सरकारलाई कर तिर्नुपर्छ ।

डिजेलमा सरकारले ३७ रूपैयाँ कर लिन्छ । उपभोक्ताले १ लिटर डिजेल खरिद गर्दा १२ रूपैयाँ भन्सार कर, ०.०२५ रूपैयाँ भन्सार सेवा शुल्क, २ रूपैयाँ सडक मर्मत शुल्क, ०.९३ रूपैयाँ पीएसएफ र १०.६९ रूपैयाँ भ्याट सरकारलाई बुझाउनुपर्छ ।

उपभोक्ताले पेट्रोलको मौज्दात ब्याज खर्चका लागि १५ पैसा, निगमको प्रशासनिक खर्चका लागि ६८ पैसा, निगमको प्राविधिक नोक्सानीका लागि १२ पैसा, ह्रास खर्चका लागि १ रूपैयाँ ७२ पैसा र निगमको विभिन्न खर्चवापत ४ रूपैयाँ ५७ पैसा कर लिने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *