अष्ट्रेलियाबाट माफी माग्दै महजोडीले भनेः अपर्झट बोल्दा त्रुटि हुन गयो (भिडिओ) – Nepal Press

अष्ट्रेलियाबाट माफी माग्दै महजोडीले भनेः अपर्झट बोल्दा त्रुटि हुन गयो (भिडिओ)

‘एउटा मुडमा बसिरहेका बेला अपर्झट टीभीमा बोल्न प्रस्ताव आयो, हामी अल्मलियौं’

काठमाडौं । वरिष्ठ हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाको बचाउमा बोलेकोप्रति क्षमायाचना गरेका छन् । कार्यक्रमका लागि अष्ट्रेलिया पुगेका उनीहरूले त्यहीँबाट भिडिओ सन्देश जारी गर्दै दर्शकसँग माफी मागेका हुन् ।

सिरोहिया पक्राउ परेपछि कान्तिपुर टीभीले महजोडीसँग प्रतिक्रिया लिएको थियो । त्यसमा उनीहरूले लोकतन्त्रको लागि कान्तिपुर र सिरोहियाले लडेको भन्दै उनको निर्दोषिताको वकालत गरेका थिए । उनीहरूको अभिव्यक्ति निकै विवादमा परिरहेको छ । प्रहरीले अनुसन्धान गरिरहेको विषयमा आरोपीको बचाउ गरेको भन्दै दुवैको आलोचना भएको छ ।

मह जोडीले आफूहरूबाट त्रुटि भएको स्वीकार गरेका छन् । अपर्झट प्रतिक्रिया दिनुपर्दा अल्मलिएको उनीहरूको प्रष्टीकरण छ ।

मदनकृष्णले भनेका छन्, ‘अस्तिनै हामी एउटा एफएममा बसेर अष्ट्रेलिया आउने विषयमा छलफल गरिरहेका थियौं । त्यही बेला त्योभन्दा गम्भीररूपमा अर्को अदालतमा विचाराधी विषयमा पत्रकार साथीहरू बसेर कुराकानी गरिरहनु भएको रहेछ । एउटा मुडमा बसिरहेको बेला अपर्झट टीभीमा बोल्ने प्रस्ताव आयो । हामी अक्मकियौं के बोल्ने कसो बोल्ने भनेर । अपर्झट बोल्दा केही त्रुटि हुन गएको महसुस भएको छ ।’

हरिवंशले थपेका छन्, ‘अदालतमा विचाराधीन मुद्दाको विषयमा नबोलेको भए हुन्थ्यो । हामीबाट त्रुटि भयो । आफ्नै मान्छे सम्झिएर माया गरिदिनुभएको छ । सबै कुरा बिर्सिएर माफी दिन अनुरोध गर्छौं ।’

महजोडीको अभिव्यक्ति विवाददित भएपछि उनीहरूको अष्ट्रेलियाको कार्यक्रम पनि प्रभावित भएको थियो । उनीहरूको शोमा आउन टिकट काटेका धेरैले धमाधम टिकट रद्द गरिरहेका छन् । यसबाट दबाबमा परेपछि महजोडीले मुख खोलेका हुन् ।


प्रतिक्रिया

One thought on “अष्ट्रेलियाबाट माफी माग्दै महजोडीले भनेः अपर्झट बोल्दा त्रुटि हुन गयो (भिडिओ)

  1. नागरिकता किर्ते सिरोहियाको वफादार मदनकृष्ण – हरिवंशको सबै नेपालीले बहिष्कार गर्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *