गृहमन्त्रीलाई विश्वप्रकाशको व्यंग्य- समितिमा नाम छुटाइदिए भनेर हो कि ? खुशी देखिनँ – Nepal Press

गृहमन्त्रीलाई विश्वप्रकाशको व्यंग्य- समितिमा नाम छुटाइदिए भनेर हो कि ? खुशी देखिनँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी प्रकरणको छानबिन गर्नको लागि संसदीय समिति गठन भएपछि पूर्वाग्रह मुक्त भएर काम गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उमुख व्यक्तिलाई जोगाउन समिति लाग्न नहुने बताए ।

उनले अब समितिले तथ्यमा रहेर अध्ययन गर्ने भएकाले दोषी जो भएपनि कारबाही भोग्नुपर्ने बताए ।

उनले भने, ‘सभामुखले समिति घोषणा गर्दैगर्दा खुशीले टेबल ठोकिरहेका थियौं । तर, किन हो आफ्नो नाम छुटाइदिए भनेर हो कि ? गृहमन्त्रीजी संसदमा दुःखी या खुशी दुवै मुद्रामा मैले देखिनँ ।’

उनले समिति बनाएपछि आफूहरु गृहमन्त्री सहकारी ठगीमा संलग्न छन् भनेर भन्न नमिल्ने बताए । कार्यादेशको जगमा उभिएर समितिका सदस्यले काम गर्नुपर्ने बताए ।

 


प्रतिक्रिया

One thought on “गृहमन्त्रीलाई विश्वप्रकाशको व्यंग्य- समितिमा नाम छुटाइदिए भनेर हो कि ? खुशी देखिनँ

  1. हेर विचारमा टाट पल्टिएका टट्टुहरूको कुरा । छानबिन समिति बनाउन कसले हुदैन भनेको थियो र ? बरू रविको नाम राख्नैपर्छ भन्ने तिमीहरूजस्ता शिरोहियाका टट्टुहरूले चाहिँ चिसो पानीले नुहायौ ? के टेबल ठोक्छौ हरूवाहरू ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर