अदालतमा विचाराधीन मुद्दालाई प्रभाव पार्न कांग्रेसले सदन बहिष्कार गर्‍यो : हिक्मत कार्की (भिडिओ) – Nepal Press

अदालतमा विचाराधीन मुद्दालाई प्रभाव पार्न कांग्रेसले सदन बहिष्कार गर्‍यो : हिक्मत कार्की (भिडिओ)

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अदालतलाई अनुचित प्रभाव पार्ने गरी नेपाली काङ्ग्रेसले कोशी प्रदेश सभा बहिष्कार गरेको आरोप लगाएका छन् । पत्रकारसँग प्रदेश सभामा बोल्दै मुख्यमन्त्री कार्कीले अदालतमा विचाराधीन रहेको मुद्दाको बाहान बनाएर प्रदेश सभा बहिष्कार गर्न नहुने बताए ।

उनले भने, ‘कांग्रेस जस्तो पार्टीले गलत ढङ्गले अनुचित प्रभाव पार्न पाइँदैन । कांग्रेस जस्तो पार्टी विधि प्रक्रिया भन्दा बाहिर गएर काम गर्न हुँदैन । यसका लागि म सचेत गराउँछु ।’ उनले कांग्रेस प्रदेश सभामा नआए पनि विधि अनुसार प्रदेश सभा चल्ने बताए । उनले कांग्रेस जस्तो पार्टीले अनैतिक गतिविधि नगर्नेमा विश्वास व्यक्त गरे ।

कोशी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनको प्रक्रियामा असहमति जनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सो रिटका विषयमा अदालतमा सुनुवाइ चलिरहेको छ । अदालतमा सुनुवाइ चलिरहेको भन्दै नेपाली कांग्रेसले प्रदेश सभा बहिष्कार गर्दै आएको छ । सभा बहिष्कार भए पनि कोशी प्रदेश सरकारले बजेटका नीति तथा सिद्धान्त संसदमा पेश गरेको छ ।

संसदमा नीति तथा सिद्धान्त पेस हुँदा पनि काङ्ग्रेस सभामा आएर छलफलमा नआए पनि विधि अनुसार नीति तथा सिद्धान्त पास गर्ने मुख्यमन्त्री कार्कीले संकेत गरेका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर