वियर र रक्सीको कति मूल्य बढ्यो ? – Nepal Press

वियर र रक्सीको कति मूल्य बढ्यो ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको (२०८१/८२) बजेटमार्फत मदिरामा कर बढाएको छ । ह्विस्की, भोड्का, जिन र रममा ६० रुपैयाँसम्म कर बढेको छ । आर्थिक ऐनअनुसार ४८.५ प्रतिशत अल्कोहल भएको यस्ता चिजमा कर ६० रुपैयाँसम्म बढेको छ ।

वर्षमान पुनले ४८.५ प्रतिशत अल्कोहल भएको मदिरामा प्रतिलिटर १८६० रुपैयाँ अन्तःशुल्क लगाएका छन् । यो साबिकको दर भन्दा ६० रुपैयाँ बढी हो ।

यस्तै ४२.८ प्रतिशत अल्कोहल भएको मदिरामा ४५ रुपैयाँ बढेर १३९० रुपैयाँ पुगेको छ भने ३९.९४ प्रतिशत अल्कोहल भएको मदिरामा ४० रुपैयाँ बढेर १२९०, ३४.२३ प्रतिशत अल्कोहल भएकोमा २० रुपैयाँ बढेर ६५० रुपैयाँ पुगेको छ ।

यता, २८.५३ प्रतिशत अल्कोहल भएको मदिरामा ५ रुपैयाँ बढेर ४९० पुगेको छ भने १७.१२ प्रतिशत भएकामा १० रुपैयाँ बढेर ६० रुपैयाँ कायम भएको छ । १७ प्रतिशतसम्म अल्कोहल भएको वाइनमा प्रतिलिटर १६ रुपैयाँ बढेर अन्तःशुल्क दर ४६० र त्योभन्दा बढीमा १९ रुपैयाँ बढेर ५१६ रुपैयाँ कायम भएको छ । यस्तै ता बियरमा प्रतिलिटर ५ रुपैयाँ अन्तशुल्क बढेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर