सुमनाले स्थगित गरेको राष्ट्रपति शिक्षा कार्यक्रमलाई ८७ करोड बजेट कसरी आयो ? – Nepal Press

सुमनाले स्थगित गरेको राष्ट्रपति शिक्षा कार्यक्रमलाई ८७ करोड बजेट कसरी आयो ?

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले रोकेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई ८७ करोड विनियोजन गरिएको छ ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई ८७ करोड विनियोजन गरेको घोषणा गरेका हुन् ।

उक्त मन्त्री श्रेष्ठले गत चैत महिनामा नै स्थगन गरेकी थिइन् ।

गत चैत १४ गते विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने निर्णय गरेको थियो । चालू आर्थिक वर्ष २०८०/८१ मा उक्त कार्यक्रमका लागि करिब एक अर्ब विनियोजन भएको थियो ।

कार्यक्रमअन्तर्गत विद्यालय छनोटमा ढिलाइ भएको र स्रोतको वितरण तथा उपयोगमा विभिन्न गुनासा आएका सन्दर्भमा शिक्षामन्त्री सुमना श्रेष्ठले उक्त कार्यक्रम स्थगन गरेकि थिइन् ।

तर, अहिले आगामी आर्थिक वर्षको बजेटमा उक्त स्थिगित गरिएको कार्यक्रमका लागि ८७ करोड विनियोजन गरेको छ । शिक्षा मन्त्रीले स्थिगित गरेको कार्यक्रममा कसरी बजेट विनियोजन भएको विषयमा मन्त्रालयले बजेटको रातो किताब प्रकाशित भएपछि मात्रै थाहाँ हुने जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *