लिङदेनको टिप्पणी- बजेटमा नयाँ सीता दाहाल नेच्युरोपेथी कलेज स्थापना र प्रधानमन्त्री छोरी कार्यक्रममात्रै – Nepal Press

लिङदेनको टिप्पणी- बजेटमा नयाँ सीता दाहाल नेच्युरोपेथी कलेज स्थापना र प्रधानमन्त्री छोरी कार्यक्रममात्रै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले बजेटमा केही नयाँ नभएको टिप्पणी गरेका छन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अनुमान, अनुदान र ऋणमा आधारित बजेट भएको बताए ।

उनले भने, ‘बजेटमा आशा जगाउने कुरा केही छैन । बजेटमा नयाँ भनेको सीता दाहाल नेच्युरोपेथी कलेज स्थापना र प्रधानमन्त्री छोरी कार्यक्रम आएका छन् ।’

अध्यक्ष लिङदेनले अधिकांश पुरानै कार्यक्रम आएको भन्दै बजेट लोकप्रियता र वितरणमुखी भएको प्रतिक्रिया दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर