रवीन्द्र मिश्रको सुझाव- राष्ट्रप्रमुखका रूपमा राजा ज्ञानेन्द्रलाई अघि सारौं – Nepal Press

रवीन्द्र मिश्रको सुझाव- राष्ट्रप्रमुखका रूपमा राजा ज्ञानेन्द्रलाई अघि सारौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले भावी राष्ट्रप्रमुखमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई अघि सार्नु उपयुक्त हुने सुझाव दिएका छन् । राष्ट्रपतिका लागि ‘होलीवाइन’ देखि ‘विदेशी एजेन्ट’ सम्मका नाम चर्चामा आइरहेको भन्दै उनले बरु ‘राजा’ लाई नै राष्ट्रप्रमुखको भूमिका दिन सकिने विकल्प सुझाएका हुन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै मिश्रले राष्ट्रपतिलाई राजनीतिभन्दा माथिको पद भनिए पनि राष्ट्रपतिको भूमिका सदा पार्टीग तबनेको बताएका छन् । सेनाबाहेक देशका सबै संस्था क्षयीकृत भएको, धर्मसंस्कृतिमाथि धावा बोलिएको र देश अन्तर्राष्ट्रिय भूराजनीतिको चपेटामा परेको उनको निस्कर्ष छ ।

मिश्रले लेखेका छन्, ‘यस्तो अवस्थामा कहिले ‘होली वाइन’, कहिले ‘विदेशीका एजण्ट’, कहिले ‘नातावादमा लिप्त’, कहिले ‘भ्रष्ट’ र ‘राष्ट्रघातमा अभ्यस्त’हरूको नाम राष्ट्रपतिको पदका लागि चर्चामा छ । राष्ट्रपतिको संस्था भनेको संकटको घडीमा आड दिने ‘कुशन’ हुनु पर्ने हो। तर त्यो कुशासनको केन्द्रविन्दू बनेको छ। देश नै निरन्तर कमजोर, वदनाम र संकटउन्मुख बन्दै गएको अवस्थामा राजा ज्ञानेन्द्रलाई ‘राष्ट्रप्रमुख’ का रूपमा किन अघि नसार्ने ?’

यो पनि पढ्नुस् : पूर्वराजाका सचिवको प्रस्तावः यही व्यवस्थामा सर्वसम्मतिबाट ‘राजा’ लाई राष्ट्रप्रमुख बनाऊँ

अरुले दशकौंसम्म दिनदिनै राष्ट्रघात गर्दा क्षम्य हुने तर अहिले पनि व्यापक स्वीकार्यता भएको र देशको दिर्घकालीन शान्ति, स्थिरता, सम्मान र सार्वभौमिकताका लागि राजा ज्ञानेन्द्रले एकपटक गरेको ‘गल्ति’ सुधार्ने मौका किन नपाउने भन्ने उनको प्रश्न छ ।

‘राजा ज्ञानेन्द्रले भने झैँ, “अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण एतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु हुँदैन’, मिश्रले लेखेका छन् ।

मिश्रको पार्टी राप्रपाले भने भावी राष्ट्रप्रमुखका विषयमा कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन । मिश्रले पार्टीभित्र पनि कुनै प्रस्ताव लगेका छैनन् ।

प्रजातन्त्र दिवसका अवसरमा सन्देश जारी गर्दै पूर्वराजाले दलहरुसँग सहकार्यको प्रस्ताव गरेका थिए । पूर्वराजाका संवाद सचिव फणिराज पाठकले नेपाल प्रेससँग कुरा गर्दै ‘राजा’ लाई राष्ट्रप्रमुख बनाउँदा राम्रो हुने प्रस्ताव गरेका छन् ।


प्रतिक्रिया

One thought on “रवीन्द्र मिश्रको सुझाव- राष्ट्रप्रमुखका रूपमा राजा ज्ञानेन्द्रलाई अघि सारौं

  1. रबिन्द्र मिश्र लाई प्रश्न
    विशाल सुरक्षा घेरा र शक्ति आफ्नो हातमा रहेको दरवार ले स्वय आफ्नो सुरक्षा गर्न सकेन तेस्ले देशको के सुरक्षा गर्छ?
    जुन दिन दरवार काण्ड भयो तेहि दिन traditional राजतन्त्र सकियो ।नेपाल को राजतन्त्र मा राजाको जेष्ठ छोरा राजा हुन्छ।
    ज्ञानेन्द्र ,पारस र उन्को परिवार नेपाली जनता ले नस्विकारेको हो।कस्लाइ राजा बनाउने कुरा गर्नु हुन्छ?ज्ञानेन्द्र,पारस लाई ?देश र जनता प्रती उन्को योगदान के? पू्र्खा को ब्याज बेकुफ सन्तान ले खान मिल्छ?
    तेसैले देश अगाडि गएको छ फेरि राजतन्त्र को कुरा गरेर देश लाई conflit मा नलगौ।
    हाम्रो कल्चर माथी को आक्रमण र 80%जनता को बिपरित धर्म निरपेक्षता हैन धार्मिक स्वतन्त्रता को कुरा गरौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर