नबिल बैंक र शाओमीबीच इएमआई सम्झौता – Nepal Press

नबिल बैंक र शाओमीबीच इएमआई सम्झौता

काठमाडौं । नबिल बैंक लिमिटेड र साओमी नेपालबीच शून्य इएमआई सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र शाओमी नेपाल, नेपाल प्रमुख अमित कुमार पन्डा, रमेश कर्पोरेशनका कार्यकारी निर्देशक सञ्जय अग्रवालले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन ।

सम्झौताअनुसार बैंकका ग्राहकले शाओमी ब्राण्डका मोबाइल फोन, ल्यापटप र टेलिभिजन खरिद गर्दा इएमआईमा ब्याज नलाग्ने उल्लेख गरिएको छ । उक्त सुविधा ३ महिना र ६ महिनाको लागि उपलब्ध गराइएको नबिल बैंकले जनाएको छ ।

सम्झैतामा शाओमी ब्राण्डको मोबाइल खरिदमा सुन्य प्रतिशत, ३० प्रतिशत, अथवा ५० प्रतिशत डाउनपेमेन्ट गरीे मोबाइल, टेलिभिजन अथवा ल्यापटप खरिद गर्न सक्ने जनाइएको छ । त्यस्तै, मोबाइल, टेलिभिजन र ल्यापटपमा ५० प्रतिशतभन्दा कम डाउनपेमेन्ट गरेमा ब्याज नलागेपनि न्युनतम सेवा शुल्क भने लाग्ने उल्लेख गरिएको छ ।

सुविधा लिन नबिल बैंक क्रेडिट कार्ड होल्डर हुनुपर्ने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर