घट्यो अन्तर बैंक एटीएम शुल्क – Nepal Press

घट्यो अन्तर बैंक एटीएम शुल्क

प्रतिदिन २ लाख रुपैयाँसम्म वालेटबाट अन्य बैंकमा पठाउन सकिने

काठमाडौं । एउटा बैंकको एटीएम कार्डबाट अर्को बैंकको एटीएममा प्रयोग गरेर रकम झिक्दा १५ रुपैयाँभन्दा बढी शुल्क नलाग्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले ‘एकीकृत निर्देशन, २०७९’ जारी गर्दै एक बैंकको एटिएम कार्ड अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा १५ रुपैयाँसम्म मात्र शुल्क लाग्ने जनाएको छ । यसअघि बैंक तथा वित्तीय संस्थाले प्रति कारोबार २० रुपैयाँसम्म शुल्क लिन गरेको थियो ।

बैंक तथा वित्तीय संस्थाका ग्राहकले मोबाइल (एप) वा इन्टरनेट बैंकिङमार्फत इन्टर बैंक फण्ड ट्रान्सफर गर्दा प्रतिकारोबार अधिकतम १० रुपैयाँसम्म सेवा शुल्क लिन सक्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको हो ।

यसअघि प्रतिदिन ५० हजार रुपैयाँमात्रै पठाउन सकिने व्यवस्था थियो भने अब प्रतिदिन २ लाख रुपैयाँसम्म वालेटबाट अन्य बैंकको खातामा पनि पठाउन सकिनेछ ।

यस्तै, एकदिनमा २५ हजार रुपैयाँसम्म मात्रै पठाउन सकिने व्यवस्था थियो भने त्यसलाई बढाएर प्रतिदिन ५० हजारसम्म पठाउने सकिने व्यवस्था ल्याइएको बैंकले जानाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर