फागुन २८ भन्दा पहिले राष्ट्रपति निर्वाचन नभए देशमा अनिष्ट आउँछ : शेखर कोइराला – Nepal Press

फागुन २८ भन्दा पहिले राष्ट्रपति निर्वाचन नभए देशमा अनिष्ट आउँछ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले जुनसुकै अवस्थामा पनि फागु २८ यता राष्ट्रपतिको निर्वाचन हुनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन प्रदेश नं १ समितिको प्रथम अधिवेशनको उद्घाटन गर्दै उनले संविधान र कानूनका कुरा बाझिएको भएपनि फागुन २८ भन्दा पहिले राष्ट्रपतिको निर्वाचन नभए देशमा अनिष्टता जन्मिने चेतावनी दिए ।

उनले भने, ‘राष्ट्रपतिको निर्वाचन हुनै पर्छ । यसमा कुनै पनि इफ बट हुँदैन । कांग्रेसले आप्नो उम्मेदवार दिन्छ र हामी सबै उम्मेदवार जिताउनलाई लाग्नुपर्छ ।’

विगत ५ वर्षको राजनीतिक घटनाक्रमहरूले कांग्रेसले नै राष्ट्रपति पाउनुपर्ने प्रशस्त आधार दिएको उनको भनाई छ ।

नेता कोइरालाले कांग्रेस कुनैपनि दिन सरकारमा आउन सक्ने बताए ।

यसअघि साढे ३ वर्ष विपक्षमा हुँदा एमाले र माओवादीकै कारण सरकारको नेतृत्व गर्ने अवसर जुरेको उल्लेख गर्दै उनले अझ त्यस्ता घटनाहरू घट्न सक्ने दाबी गरे ।

सातवटै प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउने निर्णय सराहनीय छ भन्दै उनले यसबारे सङ्घीय सरकारको पनि ध्यान जानुपर्ने धारणा राखे ।

‘कर्मचारीलाई तलब दिन र सामाजिक सुरक्षा भत्ता दिन पनि सरकारको ढुकुटी बलियो छैन । सरकारले नियमित खर्च घटाउनुपर्छ र राजस्व बढाउनुपर्छ’, उनले भने ।

राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझीले सधैँ प्राप्तिका लागि राजनीति गर्नुभन्दा विचार, उद्देश्य र सङ्गठनका लागि गर्नुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर