नेपालगञ्जमा जमेका तिलक विकको व्यवसायिक संघर्ष- २ लाख ऋण पत्याएनन्, आत्मविश्वासले सफलता दियो – Nepal Press
नेपाल टक

नेपालगञ्जमा जमेका तिलक विकको व्यवसायिक संघर्ष- २ लाख ऋण पत्याएनन्, आत्मविश्वासले सफलता दियो

बाँके । नेपालगञ्ज पश्चिम नेपालको प्रमुख व्यवसायिक केन्द्र हो । त्यही शहरमा सयौं मानिसहरु आफ्नो करियर खोज्नेहरु छन् । दिनप्रतिदिन फैलिँदै गएको नेपालगञ्ज शहरमा धेरै मानिसहरुका संघर्षका कथा छन् । केहीले संघर्षमाथि जीत पनि हात पारेका छन् र आज नेपालगञ्ज जस्तो शहरमा प्रतिष्ठित व्यवसायी बनेका छन् । ती नैमध्येका एक हुन् युवा व्यवसायी एवं उद्यमी तिलक विक ।

पश्चिम नेपाल त्यसमा पनि उत्पीडनमा परेको समुदायबाट व्यवसाय गर्दा नेपालगञ्जमा भोगेको संघर्षदेखि व्यवसायको सफलतासम्मका विषयमा तिलक विकसँग गरिएको कुराकानी प्रस्तुत छ नेपाल टकमा:

– रुकुमबाट नेपालगञ्ज आएर अहिले व्यवसायमा जमिरहनुभएको छ, कति सहज थियो संघर्ष ?

विगतका दिनहरु धेरै संघर्षमय थिए । धेरै संघर्ष र दुःख गर्दै यहाँसम्म आइपुगेको हुँ । व्यापार व्यवसाय गर्न त्यति सहज थिएन । मेरो व्यवसाय पीसीओबाट सुरु भएको हो । त्यसपछि कार्गो सर्भिस, ट्राभल सेन्टर हुँदै अहिले निर्माण सेवाको व्यवसाय गरिरहेको छु । मैले ट्राभल खोल्दा कर्णाली विकास बैंकबाट दुई लाख ऋण लिएर सुरु गरेको हुँ । म अहिले व्यवसायबाट सन्तुष्ट छु ।

व्यवसाय गर्न सुरुका चरणबाट नै निकै सास्ती व्यहोर्नुपर्‍यो । तर, अहिले पूरा समय यतै दिँदा विश्वास बढ्दै गएको छ । काम गर्दै जाँदा सजिलो पनि भएको छ ।

साविकको मध्यपश्चिमको प्रमुख व्यापारिक केन्द्र नेपालगञ्जमा व्यवसाय गर्न पाउँदा यो क्षेत्रका सबै जिल्लामा व्यवसाय विस्तार गर्न सजिलो भएको हो । खास गरी पहाडी जिल्लामा निर्माण कार्य तिब्र भएकाले पनि नेपालगञ्जमा व्यवसाय गर्न सहज भएको छ ।

– नेपालगञ्जमै व्यवसाय गर्नुपर्छ भनेर कसरी सोच्नुभयो ?

हेर्नुस्, नेपालगञ्ज पश्चिम नेपालको सबैभन्दा ठूलो शहर र व्यापारिक केन्द्र हो । फेरि नेपालगञ्ज अति नै मन पर्ने शहर पनि हो मलाई । अनि मलाई लाग्यो, जे गर्नु छ र जे गर्न सक्छु यही नेपालगञ्जमा गर्छु र यहाँ केही गर्न सकिन्छ भन्ने विश्वासले नै यहाँ काम सुरु गरेको हुँ ।

व्यवसाय गर्न सुरुका चरणबाट नै निकै सास्ती व्यहोर्नुपर्‍यो । तर, अहिले पूरा समय यतै दिँदा विश्वास बढ्दै गएको छ । काम गर्दै जाँदा सजिलो पनि भएको छ । व्यापारमा सबैभन्दा ठूलो कुरा विश्वास रहेछ । निरन्तरको विश्वासले आज मलाई सहज ठाउँमा पुर्‍याएको छ ।

सुरुमा व्यवसाय गर्न खोज्दा कसैले दुई लाखको ऋणसमेत नपत्याएको खूब याद आउँछ । बैंकमा जाँदा पनि ग्यारेन्टीमा विश्वास नगर्दा दुःख पाएको घटना कहिल्यै बिर्सन सक्दिनँ होला ।

– अहिले तपाईं कुन कुन व्यवसाय हुनुहुन्छ ? ती कुन अवस्थामा सञ्चालन भइरहेका छन् ?

अब के भनुँ । मसँग अहिले प्रतीक रियलस्टेट प्रालि, प्रतीक कार्गो सर्भिस प्रालि, प्रतीक ट्राभल्स एण्ड टुर्स प्रालि, प्रतीक निर्माण सेवा प्रालिलगायतका संस्था छन् । भगवानको कृपाले यी सबै व्यवसाय अहिले राम्रो अवस्थामा सञ्चालनमा छन् । केही मानिसहरुलाई रोजगारी दिन सकेको छु । आफूलाई पनि लगाउन र खान पुगेको छ । म यसैमा खुशी छु ।

– व्यवसाय गर्दा के के समस्याहरु भोग्नुभयो ?

ती दिनहरु सम्झँदा पनि कहालीलाग्दो छ । सुरुमा व्यवसाय गर्न खोज्दा कसैले दुई लाखको ऋणसमेत नपत्याएको खूब याद आउँछ । बैंकमा जाँदा पनि ग्यारेन्टीमा विश्वास नगर्दा दुःख पाएको घटना कहिल्यै बिर्सन सक्दिनँ होला ।

त्यसमाति आफ्ना भनाउँदा र नजिककाहरुबाट पटक-पटक पाएको विश्वासघात र धोका सधैं स्मरणमा आउँछ र यसले ठूलो पाठ पनि सिकाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर