कर्णालीका मुख्यमन्त्री शाहीका १४ महिने काम- ४४ वटा मन्त्रिपरिषद् बैठक, १७ किलोमिटर सडक पिच (पूर्णपाठ) – Nepal Press

कर्णालीका मुख्यमन्त्री शाहीका १४ महिने काम- ४४ वटा मन्त्रिपरिषद् बैठक, १७ किलोमिटर सडक पिच (पूर्णपाठ)

सुर्खेत । कर्णाली पद्रेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो कार्यकालमा भएको उपलब्धिहरु मंगलबार सार्वजनिक गरेका छन् । शाहीले आफ्नो १४ महिने उपलब्धि सर्वजनिक गरेका हुन् ।

शाहीले २०७८ कात्तिक १६ गते कर्णाली सरकारको नेतृत्व गरेका थिए । मुख्यमन्त्री भएसँगै शाहीले कर्णालीका नागरिकहरुको सेवा गर्ने अवसर पाउँदा खुशी भएको बताए ।

उनले आफ्ना प्रगति विवरण सार्वजनिक गर्दै कर्णाली समय, अवरुद्ध विकास पूर्वाधारहरुको निर्माण, ‘६ ब’ को कार्यान्वयन, सुशासन र कानुन निर्माण, स्थानीय तहसँगको समन्वय लगायतका क्षेत्रमा महत्वपूर्ण काम गरेका बताए ।

यस्तै, मुख्यमन्त्री शाहीले प्रदेश सरकारको प्रभावकारी काम कारबाहीका लागि कर्णाली प्रदेश निजामति सेवा सम्बन्धी विधेयक, प्रदेश लोक सेवा आयोगका पदाधिकारीको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्वन्धी विधेयक लगायत १२ वटा विधेयक तर्जुमा गरी प्रदेश सभामा प्रस्तुत गरिएकोमा पहिले पेश भएकासमेत गरी जम्मा १७ वटा विधेयक प्रदेश सभाबाट पारित भएको जनाए ।

खाद्य अधिकार तथा सम्प्रभुता नियमावलीसहित चारवटा नियमावलीमा समसामयिक संशोधन र ३२ वटा नीति/कार्यविधि/मापदण्ड/निर्देशिका तर्जुमा भएका, प्रदेश मन्त्रिपरिषद्को बैठकलाई प्रत्येक हप्ताको वुधबार दिनको ठीक ४ बजे बस्ने गरी व्यवस्थित गरिएको, हालसम्म ४४ मन्त्रिपरिषद् बैठकबाट १२६ वटा निर्णय भएका शाहीले उल्लेख गरे ।

सडक तथा पुल निर्माण कार्यलाई प्राथमिकता दिँदै १७ किलोमिटर सडक कालोपत्रे, ११३ किलोमिटर खण्डस्मिथ तथा ६२२ किलोमिटर कच्ची सडक निर्माण सम्पन्न भएको साथै यो अवधिमा १३ वटा झोलुङ्गे पुल, ८ वटा सडक पुल निर्माण सम्पन्न भएका र १ हजार ५७१ वटा जनता आवास र १०१ वटा विपन्नका घर निर्माण सम्पन्न भएका छन् । ७ वटा सडक आयोजनालाई ठेक्का सम्झौता गरी निर्माण गर्न अगाडि बढाइएको मुख्यमन्त्री शाहीले बताए ।

यस्ता छन् मुख्यमन्त्रीका कार्यहरुः

प्रदेश मन्त्रालय तथा निकायहरूलाई एउटै परिसरभित्र रहने गरी एकीकृत प्रशासनिक भवन निर्माणको विस्तृत सम्भाव्यता अध्ययनको कार्य सम्पन्न र भवन निर्माणलाई बहुवर्षीय आयोजनाको रुपमा प्रक्रिया अघि बढाइएको छ ।

मुख्यमन्त्रीले हालसम्म स्थानीय तहका र प्रदेशका ५९० रिक्त पदमा विभिन्न तहका कर्मचारीहरु नियुक्तिका लागि सिफारिस गरेको, अधिकृत तहका कर्मचारीको छनौटका लागि विज्ञापन गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको, आगामी दिनमा जनशक्तिको अभावका कारण काम भएन भन्ने समस्याको अन्त्य हुने र प्रदेशमा स्वास्थ्य सेवालाई प्रभावकारी, सरल, सहज, सुलभ र गुणस्तरीय बनाउन प्रदेश स्वास्थ्य सेवा ऐन कार्यान्वयनमा ल्याइएको छ ।

त्यस्तै, हालसम्म एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि अन्र्तगत ३९४ जना विद्यार्थीहरूलाई छोरी–बुहारी, उच्च शिक्षा जेहेनदार, उच्च शिक्षा अपाङ्ग, उच्च शिक्षा दलित, द्वन्द्वपीडित, शहिद सन्तति छात्रवृत्ति सरकारले उपलब्ध गराइएको छ । एक विद्यालय एक स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन कार्यविधि अन्तर्गत १०० सामुदायिक विद्यालयमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

देशको ठूलो खेलकुद प्रतियोगीता दशौं राष्ट्रिय खेलकुदलाई कर्णाली आयोजना गर्नका लागि पूर्वाधार निर्माणलाई तीव्रता दिइएको मुख्यमन्त्री शाहीले बताए । उनले भने, ‘जसका लागि प्रदेश गौरवको आयोजनाका रुपमा प्रदेश रंगशाला निर्माण भइरहेको छ, रंगशाला शिलान्यासदेखि ३४ पटकसम्म म स्वयम् स्थलगत अनुगमनमा गएको छु । नेपालमै पहिलो पटक भलिवलको कवर्डहल निर्माण भइरहेको छ । प्रदेश रंगशालाको भौतिक पूर्वाधारको ३३ प्रतिशत काम सम्पन्न भएको छ भने समग्रमा ५० प्रतिशत काम सम्पन्न भएको छ । अन्य जिल्लाहरुमा पनि खेलकुद पूर्वाधार निर्माण धमाधम भइरहेका छन् ।’

यस्तै, मुख्यमन्त्री शाहीले ५९२ वटा साना सिंचाई योजनाको निर्माण तथा मर्मतबाट करिब ३५० हेक्टर जग्गामा थप सिंचाई सुविधा विस्तार भएको बताए । कृषि व्यवसायीकरण र आधुनिकीकरणमार्फत रोजगारी सृर्जना गर्ने उद्देश्यले सञ्चालित ब्याज अनुदान कार्यक्रमबाट १ हजार २२७ जनाले कर्जा सुविधा प्राप्त गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर