सरकारलाई विश्वासको मत दिनेबारे नेकपा एसले भन्यो- एमालेले अझै हाम्रो अस्तित्व स्वीकारेन (भिडिओ) – Nepal Press

सरकारलाई विश्वासको मत दिनेबारे नेकपा एसले भन्यो- एमालेले अझै हाम्रो अस्तित्व स्वीकारेन (भिडिओ)

प्रधानमन्त्री र माधव नेपालबीचको भेट निजी हो : प्रवक्ता खतिवडा

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रहेको सबैभन्दा ठूलो दल एमालेले आफ्नो पार्टीको अस्तित्व अझै स्वीकार नगरेको टिप्पणी गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले सरकारले औपचारिक रुपमा अझै समर्थन नमागेको बताए ।

उनले भने, ‘दुई अध्यक्षहरुको भेट नीजि हो। त्यसमा औपचारिक रुपमा जानकारी छैन। विश्वासको मतबारे २६ पुससम्म निर्णय गछौँ ।’

सरकारको नेतृत्वमा प्रचण्डले गरेपछि संयोजन समितीको नेतृत्व ओलीले गरेकाले सहकार्यका लागि असहज भएको बताए ।

‘सरकारको नेतृत्व प्रचण्डले गर्नुभएको छ । त्यसको संयोजन संयन्त्रको प्रमुखमा केपी ओली हुनुहुन्छ । एमालेकै आड भरोसामा सरकारको नेतृत्व प्रचण्डले गर्नुभएको छ’ उनले भने, ‘एमालेको अहिलेसम्मको दृष्टिकोण हेर्दा हाम्रो साथ नचाहिएको । आफैंसँग बहुमत पर्याप्त भएको । र नेकपा एसको अस्तित्व स्वीकार गर्न नसकेर सहकार्य नगर्ने अभिव्यक्ति आइरहेको सन्दर्भमा हामीले सरकारबारे निर्णय गर्न आवश्यक छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर