किरण पौडेलको घरदैलो : प्रकाशमानले प्रधानमन्त्री बन्ने झूटो सपना बाँडेको आरोप (भिडिओ रिपोर्ट) – Nepal Press

किरण पौडेलको घरदैलो : प्रकाशमानले प्रधानमन्त्री बन्ने झूटो सपना बाँडेको आरोप (भिडिओ रिपोर्ट)

काठमाडौं । मतदानको दिन नजिकिँदै गर्दा चुनावी सरगर्मी बढ्दो छ । मतदाता रिझाउन र जित हत्याउन उम्मेदवारहरू विभिन्न एजेण्डासहित घरदैलोमा छन् ।

संघीय राजधानी काठमाडौंको चुनावी माहोललाई पनि देशभरले चासोका साथ हेरिरहेको छ । कुल १० वटा निर्वाचन रहेको काठमाडौंको अझ ‘इपिसेन्टर’ भन्दा फरक पर्दैन काठमाडौं क्षेत्र नम्बर १ । काठमाडौं महानगरपालिकाका वडा नम्बर १०, ११, २९ र ३१ वडा सम्मेलित यो क्षेत्र भूगोलको हिसाबले सानो भएपनि यहाँका प्रतिस्पर्धी र पूर्वाधारको हिसाबले महत्वपूर्ण क्षेत्रको रूपमा छ ।

अहिले यहाँबाट ०६४, ०७० र ०७४ मा सांसद निर्वाचित भइसकेका नेपाली कांग्रेस नेता प्रकाशमान सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, नेकपा एमालेका युवा नेता किरण पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम, नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेललगायत मैदानमा छन् ।

भर्खरै सम्पन्न स्थानीय चुनाव तथा अघिल्ला निर्वाचानको मत परिणाम, सत्तागठबन्धन लगायतलाई हेर्दा यहाँ सिंह ‘हेबीवेट’ उम्मेदारको रूपमा देखिन्छन् । यो अवस्थामा देशभरका एमाले युवाहरूको नेतृत्वमा रहेका राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले विगतको नतिजा उल्ट्याउन के-के एजेण्डा लिएर जनताकोमा पुगेका छन् ? मतदाताको अपेक्षा के छ ? पौडेलले के आधारमा आफूलाई अब्बल उम्मेदवारको रूपमा व्याख्या गरिरहेका छन् ? लगायतका प्रश्नको उत्तर खोज्न हामीले उनको घरदैलो कार्यक्रमलाई पछ्याउँदै उनीसँग संक्षिप्त कुराकानी गरेका छौं । प्रस्तुत छ पौडेलको घरदैलो अभियान र उनीसँगको वार्तालापसहितको स्थलगत भिडिओ रिपोर्ट ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर