देउवाको आश्वासन- गठबन्धनलाई धेरै भोट दिनुस्, राजनीतिक नियुक्तिमा सुदूरपश्चिमले धेरै भाग पाउँछ – Nepal Press

देउवाको आश्वासन- गठबन्धनलाई धेरै भोट दिनुस्, राजनीतिक नियुक्तिमा सुदूरपश्चिमले धेरै भाग पाउँछ

कैलाली । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा सत्ता गठबन्धनको वर्चस्व हुने दाबी गरेका छन् ।

सत्ता गठबन्धनको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनको पक्षमा मतदान गर्न आह्वान गरेका हुन् ।

उनले भने, ‘सुदूरपश्चिमबाट एक क्षेत्रमात्रै जितेको म सबैको सहयोगले प्रधानमन्त्री बन्न पाएको छु । भोलिको राजनीतिमा गठबन्धनको वर्चस्व हुन्छ । गठबन्धनलाई जिताउन अनुरोध गर्दैछु । देश महत्त्वपूर्ण मोडमा छ ।’

सुदूरपश्चिमबाटै सबैभन्दा धेरै गठबन्धनको पक्षमा भोट हाल्न अपिल गरे ।

‘संविधान बचाउने कि नबचाउने गणतन्त्र जोगाउने कि नजोगाउने भन्ने कुरा छ । संघीयता बच्न गठबन्धन जित्न आवश्यक छ । टिकट बाँड्दा अन्याय भएको होला’, उनले भने, ‘गठबन्धन हुँदा सबै ठाउँमा कांग्रेसले पाउँदैन नि ! भोलि गठबन्धनको सरकार बन्यो भने नियुक्ति हुन्छ । त्यसको लागि सुपले धेरै भाग पाउनसक्छ । त्यसैले जिताउन लाग्नुहोला ।’


प्रतिक्रिया

One thought on “देउवाको आश्वासन- गठबन्धनलाई धेरै भोट दिनुस्, राजनीतिक नियुक्तिमा सुदूरपश्चिमले धेरै भाग पाउँछ

  1. यो भनेको पैसाले भोट किने सरह भएन ? भोट दिएर नियुक्ति थाप भन्दा आचार संहिता कहाँ गयो आयोग ? देउवा र प्रचण्डलाई कारवाही हुनुपर्दैन ? यी एजेण्डा सिध्धिएकाहरू नियुक्तिको लोभ देखाएर भोट माग्दैछन् । यो त सिधै लुटने कुरा भएन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर