चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै केएमसी अस्पतालविरुद्ध आन्दोलन (तस्बिरहरु) – Nepal Press

चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै केएमसी अस्पतालविरुद्ध आन्दोलन (तस्बिरहरु)

काठमाडौं । चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले काठमाडाैं  मेडिकल कलेज (केएमसी) अस्पतालविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

मृतकका आफन्तहरुअस्पतालविरुद्ध आज बिहान आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले अस्पतालले लाइसेन्स लिएर मान्छे मारेको भन्दै आक्रोशित भएका छन् । सरकारसँग न्याय माग गरेका छन् । एक साताअघि अस्पताल भर्ना गरिएका काठमाडौं महानगरपालिका -९ का ४७ वर्षीय शैलेन्द्र विद्याधरलाई आइतबार साँझ मृत घोषणा गरिएको थियो ।

चिकित्सकले ट्युमरको अप्रेसनका क्रममा टाउकोको नसा काटेका कारण बुबाको मृत्यु भएको छोरा प्रगेशले बताए । उनका अनुसार बेहोस भएपछि शैलेन्द्रलाई असोज २३ गते साँझ अस्पताल भर्ना गरिएको थियो । इमर्जेन्सीमा राखिएका बिरामीलाई दुई घण्टापछि चिकित्सकले आईसीयूमा राखेर उपचार गर्नुपर्छ भन्दै सारेको आसीयुमा सारेको थियो ।

अवस्था गम्भीर भएपछि अप्रेसन तुरुन्त गर्नुपर्ने भनिएको थियो । सोही अनुसार अप्रेशन गर्दा ट्युमरको अप्रेसनका क्रममा टाउकोको नसा काटेको कारण मृत्यु भएको प्रगेशको दावी गरे ।

केएमसी प्रशासनले भने अस्पतालको कुनै गल्ती नभएको दाबी गरिरहेको छ । प्रगेशका अनुसार अस्पतालले मृतकका आफन्तलाई अदालत जान चुनौती दिएको छ ।


प्रतिक्रिया

One thought on “चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै केएमसी अस्पतालविरुद्ध आन्दोलन (तस्बिरहरु)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर