तीन प्रदेशमा समानुपातिकतर्फको मतपत्र ढुवानी सम्पन्न – Nepal Press

तीन प्रदेशमा समानुपातिकतर्फको मतपत्र ढुवानी सम्पन्न

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि तीन वटा प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ ।

सोमबार दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर र काठमाडौँ जिल्लामा मतपत्र ढुवानी भएसँगै प्रदेश नं. १, मधेश प्रदेश र बागमती प्रदेशका सबै जिल्लाका सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको हो ।

योसँगै समानुपातिक निर्वाचन प्रणालीतर्फ ढुवानी भएको मतपत्रको संख्या २ करोड २२ लाख २५ हजार पुगेको छ । जसमा प्रदेश सभातर्फ १ करोड १४ लाख ९९ हजार तथा प्रतिनिधिसभाका लागि १ करोड ७ लाख २६ हजार मतपत्र रहेका छन् ।

ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, सिन्धुली जिल्लामा यसअघि नै समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी भइसकेको छ ।

प्रत्यक्षतर्फ मतपत्र छपाइ जारी

पहिलो हुने निर्वाचन हुने निर्वाचन प्रणालीतर्फ सोमबारसम्म थप २४ लाख मतपत्र मतपत्र छपाइ सम्पन्न भएको छ ।

योसँगै पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ छपाइ भएको मतपत्रको संख्या ६८ लाख १० हजार पुगेको छ ।

छपाइ भएका मध्ये मतपत्र मध्ये प्रदेश सभा सदस्यतर्फका ३४ लाख ६८ हजार र प्रतिनिधि सभा सदस्यतर्फका ३३ लाख २४ हजार छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर