गोरखापत्रले सरकार र जनताबीचको पुलको काम गर्नुपर्छ : सन्चारमन्त्री शर्मा – Nepal Press

गोरखापत्रले सरकार र जनताबीचको पुलको काम गर्नुपर्छ : सन्चारमन्त्री शर्मा

काठमाडौं । सन्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गोरखापत्रले सरकार र जनताबीचको पुलको काम गर्नुपर्ने बताएकी छन् । गोरखापत्र सरकारको स्वामित्वको अखबार भएको भन्दै उनले गोरखापत्रले सरकार र जनतालाई जोड्नुपर्ने बताइन् ।

राष्ट्रिय सभागृहमा गोरखापत्र संस्थानको १२४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री शर्माले बजारमा प्रतिस्पर्धी बन्न र आन्तरिक व्यवस्थापन राम्रो गर्न तथा जनशक्ति व्यवस्थापन मिलाउन आवश्यक भएको पनि बताइन् ।

‘आजको दिन नेपाली पत्रकारिताको जग हालिएको दिन हो’, उनले भनिन् ।

शर्माले गोरखापत्रको कागजमा क्वालिटी कम भएको गुनासो बजारमा आएको बताउँदै सुधारमा जोड दिइन् । सत्ता जनताको हातमा नभएको समयमा गोरखापत्र सरकारको भजन गाउने गरेको तर अहिले त्यस्तै नभएको मन्त्री शर्माको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *