चितवन-३ मा सत्ता गठबन्धनविरुद्व बागी बनेका दिनेश कोइरालाले पाए माछा चिन्ह – Nepal Press

चितवन-३ मा सत्ता गठबन्धनविरुद्व बागी बनेका दिनेश कोइरालाले पाए माछा चिन्ह

काठमाडौं । सत्ता गठबन्धनविरुद्व चितवन ३ बाट बागी उम्मेदवार बनेका दिनेश कोइरालाले माछा चुनाव चिह्न पाएका छन् । निर्वाचन आयोगले उनलाई आज चुनाव चिह्न प्रदान गरेको हो ।

उनलाई एमालेले आफ्नो उम्मेदवार फिर्ता गराएर समर्थन गरेको छ । उनी कांग्रेसका नेता डा. शेखर कोइराला समूहका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छाडेको सो क्षेत्रमा गठबन्धनबाट माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार छन् ।

यता, एमालेबाट उम्मेदवार रहेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी पार्टी केन्द्रबाटै फिर्तां लिइएपछि जिल्लामा असन्तुष्टि बढेको छ । कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर आफू चुनाव जितेपछि एमाले प्रवेश गर्ने बचन दिएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर