अर्थमन्त्रीलाई समर्थन गर्दै कांग्रेसका एकमात्र दलित उम्मेदवार नेपालीको मनोनयन फिर्ता – Nepal Press

अर्थमन्त्रीलाई समर्थन गर्दै कांग्रेसका एकमात्र दलित उम्मेदवार नेपालीको मनोनयन फिर्ता

काठमाडौं । नेपाली कांग्रेसबाट प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका दलित समुदायका एकमात्रै उम्मेदवार मानबहादुर नेपालीले मनोनयन फिर्ता लिएका छन् ।

रुकुम पश्चिममा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनबाट अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको उम्मेदवारी परेको छ । शर्माविरुद्ध बागी उम्मेदवारी दिएका नेपालीले पार्टीको निर्देशनमा मनोनयन फिर्ता लिएका हुन् ।

निर्वाचन आयोगको प्रारम्भिक सूचीअनुसार नेकपा एमालेले र नेकपा माओवादी केन्द्रले २/२ जना दलित समुदायका उम्मेदवार उठाउँदा कांग्रेसले एकजनामात्रै उठाएको थियो । उनको उम्मेदवारी पनि अन्तिममा आएर फिर्ता गराइएको छ ।

२००९ सालमै धनमान सिंह परियारलाई महामन्त्री बनाएको कांग्रेसबाट यसपटक प्रतिनिधिसभाको प्रत्यक्षतर्फबाट दलित उम्मेदवार शून्य भएको छ ।

पछिल्लो जनगणनाअनुसार देशको १३.८ प्रतिशत जनसंख्या दलित समुदायको छ । तर, त्यसअनुसार प्रतिनिधिसभाको १६५ सीटमा दलित समुदाय दलहरुको प्राथमिकतामा परेको छैन ।

नेपाली राष्ट्रिय दलित आयोगका पूर्वअध्यक्ष तथा कांग्रेस रुकुमका पूर्वसभापति हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर