रूपन्देही २ मा गठबन्धनका साझा उम्मेदवार र स्वतन्त्रबाट उठेका दुवै उम्मेदवारकाे उम्मेदवारी खारेज – Nepal Press

रूपन्देही २ मा गठबन्धनका साझा उम्मेदवार र स्वतन्त्रबाट उठेका दुवै उम्मेदवारकाे उम्मेदवारी खारेज

रूपन्देही । रुपन्देही २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका राजु गुरुङ र हाम्रो नेपाली पार्टीका उम्मेदवार डा. कमल भुसालको उम्मेदवारी खारेज भएको छ ।

उम्मेदवार हुन अयोग्य देखिएको भन्दै मंगलवार निर्वाचन अधिकृतको कार्यालयले उनीहरुको उम्मेदवारी खारेज गरेको हो । हाम्रो नेपाल पार्टीको चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका निकोलस भनिने कमल भुसालले आफूलाइ स्वतन्त्र उम्मेदवार भनेर प्रचार गरेका थिए ।

सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले मंगलवार राती एक सूचना प्रकाशित गरी गुरुङ र भुसालको उम्मेदवारी खारेज भएको जानकारी गराएका हुन् ।

चिकित्सा शास्त्र अध्ययन संस्थानमा सरकारी छात्रबृत्तिमा अध्यनरत भुसाल चुनाव लड्न पाउँदैनन् । यसअघि अायाेगले सूचना ढिलाइ गरेकाे भन्दै अालाेचना भएकाे थियाे ।

गठबन्धनबाट साझा उम्मेदवार बनेका नेकपा एसका राजु गुरूङ, स्वतन्त्र उम्मेदवार भन्दै अाएका डाक्टर निकाेलस भुसाल र हेमराज बस्याल तीनै जनाकाे उम्मेदवारी खारेज भएकाे अायाेगले जारी गरेकाे सूचनामा जनाइएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *