रेशम चौधरीको उम्मेदवारी रद्द भएपछि बर्दिया २ बाट रेशमको बुवा लड्दै – Nepal Press

रेशम चौधरीको उम्मेदवारी रद्द भएपछि बर्दिया २ बाट रेशमको बुवा लड्दै

कैलाली । रेशम चौधरीको उम्मेदवारी रद्द भएपछि अहिले बर्दिया २ बाट नागरिक उन्मुक्ति पार्टीले उनका बुवालाई उम्मेदवार बनाउने भएको छ ।

मनोनयन दर्ता गर्दा नै रेशम चौधरीलाई पार्टीबाट र उनका बुवा लालवीर चौधरीलाई स्वतन्त्रबाट उम्मेदवार बनाइएको थियो । अहिले रेशम चौधरी निर्वाचनमा होमिन नपाउने भएपछि उनका बुवालाई उम्मेदवार बनाइएको नागरिक उन्मुक्तिका प्रवक्ता दामोदर पण्डितले जानकारी दिए ।

अघिल्लो पटक कैलाली १ बाट प्रतिनिधि सभामा जसपाबाट रेशम चौधरी उम्मेदवार बन्दा उनका बुवा नेकपा एमालेबाट प्रदेश सभामा उम्मेदवार बनेका थिए । प्रतिनिधि सभामा रेशमले भारी मते जित्दा बुवा भने जसपाकै कृष्ण चौधरीसँग पराजित भएका थिए ।

अहिले कैलाली १ बाट प्रतिनिधि सभामा रेशम पत्नी रन्जिता श्रेष्ठ चौधरी उम्मेदवार बनेकी छन् ।उनी नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष पनि हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर