कैलाली ५ मा उठेका लक्ष्मण थारुको कर्तव्य ज्यान मुद्दामा दोषी ठहर्दै उम्मेदवारी रद्द – Nepal Press

कैलाली ५ मा उठेका लक्ष्मण थारुको कर्तव्य ज्यान मुद्दामा दोषी ठहर्दै उम्मेदवारी रद्द

कैलाली । नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभाको उम्मेदवार रहेका लक्ष्मण थारुको उम्मेदवारी रद्द भएको छ । मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले लक्ष्मणको उम्मेदवारी रद्द भएको जनाएको हो । लक्ष्मणको उम्मेदवारीविरुद्ध सोमबार उजुरी परेको थियो । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर्‍याई सजाय गरी फरार रहेको उनीविरुद्ध उजुरी दर्ता भएको थियो ।

सोही उजुरीको आधारमा उनको मनोनयन दर्ता खारेज गरिएको मुख्य निर्वाचन अधिकृत ओम प्रसाद अर्यालले जानकारी दिएका छन् । प्रतिनिधि सभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका राम बहादुर सिंहले दिएको उजुरीको आधारमा उम्मेदवारी रद्ध गरिएको जनाइएको छ ।


प्रतिक्रिया

One thought on “कैलाली ५ मा उठेका लक्ष्मण थारुको कर्तव्य ज्यान मुद्दामा दोषी ठहर्दै उम्मेदवारी रद्द

  1. १७००० मैले मारेको हुँ भनेर खुलेआम भन्नेलाई कारवाही छैन अनि लक्ष्मण थारूलाई मात्र किन ? कानून नै होईन यो । यो त दादागिरी गर्ने देश हो । जसले बढी मार्न सक्यो उ हिरो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर