प्रधानमन्त्रीकै जिल्लामा गठबन्धनविरुद्ध नेकपा एसको बागी, भन्छन्- बिपी कांग्रेससँग तालमेल हुन्छ – Nepal Press

प्रधानमन्त्रीकै जिल्लामा गठबन्धनविरुद्ध नेकपा एसको बागी, भन्छन्- बिपी कांग्रेससँग तालमेल हुन्छ

कैलाली । देशै भरी सत्ता गठबन्धन कसिलो बनाउन लागिपरेको कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै जिल्लामा गठबन्धन मिलाउन सकेनन् ।

प्रतिनिधिसभा र एक प्रदेशसभा कांग्रेसलाई राखेर एउटा प्रदेश सभा माओवादीलाई दिँदा नेकपा एकीकृत समाजवादी छुटेपछि समस्या भएको हो ।

यहाँ नेकपा एकीकृत समाजवादीले सुरुबाटै प्रदेश सभा ख माग गरेको थियो । उक्त क्षेत्रमा कांग्रेका उम्मेदवार गोविन्द राज बोहराले टिकट पाए । प्रदेशका सामाजिक विकास मन्त्री समेत रहेका बोहरा अघिल्लो पटक समानुपातिक मार्फत सांसद भएका थिए ।

प्रतिनिधिसभा तर्फ शेरबहादुर देउवा साझा उम्मेदवार भएका छन् । प्रदेश सभा ख मा भने गठबन्धनको उम्मेदवार बोहरा भए पनि नेकपा एकीकृत समाजवादीका नेता डा. तारा जोशीले बागी उम्मेदवारी दर्ता गरेका छन् ।

सत्ता गठबन्धनका काङ्ग्रेसलाई भाग परे पछि गठबन्धनकै उम्मेदवार विरुद्ध उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

‘हामीले यहाँ एक सिट मागेका थियौँ त्यो पनि नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छौँ’ जिल्ला सचिवालय सदस्य दत्त राज अवस्थीले भने ‘हामीले पनि तालमेल गर्ने भन्ने विषयमा छलफल गरिरहेका छौँ ।’

उनका अनुसार यहाँ बिपी काङ्ग्रेससँग तालमेल हुने सम्भावना बढी रहेको छ । अघिल्लो पटक कांग्रेस उम्मेदवार कर्ण मल्लसँग झिनो मतान्तरले पराजित भएका जोशी अहिले संघमा मल्ललाई सहयोग गरेर आफू प्रदेशमा जित्ने दाउमा छन् ।

स्थानीय तहको निर्वाचनमा पनि यहाँ गठबन्धन हुन सकेको थिएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर