झलनाथ खनालले गरे उम्मेदवारी दर्ता – Nepal Press

झलनाथ खनालले गरे उम्मेदवारी दर्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले उम्मेदवारी दर्ता गराएका छन्।

मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि इलाम १ बाट सत्ता गठबन्धनको साझा उम्मेदवारको रूपमा प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

०७४ सालको निर्वाचनमा वाम गठबन्धनको तर्फबाट सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

एमालेबाट अलग भएर नयाँ पार्टी गठन गरेपछि पहिलो पटक गठबन्धनको आडमा चुनावी मैदानमा होमिन लागेको हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर