कांग्रेसले टिकट नदिएपछि अमरेश सिंहको स्वतन्त्र उम्मेदवारी – Nepal Press

कांग्रेसले टिकट नदिएपछि अमरेश सिंहको स्वतन्त्र उम्मेदवारी

जनकपुरधाम । नेपाली कांग्रेसबाट टिकट नपाएपछि निवर्तमान सांसद अमरेश कुमार सिंह स्वतन्त्र उम्मेदवार बनेका छन् । उनले सर्लाही क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

जहिल्यै नेपाली कांग्रेसको झण्डा बोक्दै आएका सिंह स्वतन्त्र उम्मेदवारी दर्ता गराउन पुगेका बेला राष्ट्रिय झण्डा बोकेका थिए । समर्थक सहित उनी निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराए ।

सर्लाही ४ बाट कांग्रेस महामन्त्री गगन थापा लड्ने चर्चा पनि चलेको थियो । तर उनी काठमाडौंबाटै उम्मेदवारी दिए पनि सिंहलाई कांग्रेसको टिकट दिएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर