गृहमन्त्री खाणले गरे रुपन्देही ३ बाट उम्मेदवारी दर्ता – Nepal Press

गृहमन्त्री खाणले गरे रुपन्देही ३ बाट उम्मेदवारी दर्ता

रुपन्देही । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाणले रुपन्देही ३ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

उनले आइतबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उनी सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् ।

२०७४ सालको निर्वाचनमा भने उनी समानुपातिक उम्मेदवारको रूपमा प्रतिनिधिसभा सदस्य भएका थिए ।

उम्मेदवारी दर्तापश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री खाँणले निर्वाचनमा सहभागी हुने सम्पूर्ण राजनीतिक दलहरूलाई धन्यवाद दिए ।

उनले भने, ‘लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन आवश्यक छ ।’ यो क्षेत्रबाट एमाले जसपाको तालमेलमा राप्रपा नेता दीपक बोहराले उम्मेदवारी दर्ता गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर