सिन्धु एमालेका उम्मेदवार- १० बुँदे पक्षधरदेखि माओवादी छाडेकासम्म समेटिए – Nepal Press

सिन्धु एमालेका उम्मेदवार- १० बुँदे पक्षधरदेखि माओवादी छाडेकासम्म समेटिए

सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोकको उम्मेदवार टुंगो लागेको छ । एमालेले सिन्धुपाल्चाेकमा १० बुँदे पक्षधरदेखि माओवादी छाडेर एमालेमा आएका नेताहरु समेटिएका छन् ।

प्रतिनिधिसभा तर्फ क्षेत्र नम्बर १ मा एमाले केन्द्रीय सदस्य सरेस नेपालले टिकट पाएका छन् । उनी बागमती प्रदेशका पूर्व मन्त्री हुन् ।

यस्तै क्षेत्र नम्बर २ मा पूर्व स्वास्थ्य तथा कानूनमन्त्री शेरबहादुर तामाङले टिकट पाएका छन् ।

प्रदेशसभा तर्फ १ (क) मा एमाले जिल्ला अध्यक्ष तथा लिसंखुपाखर पालिका अध्यक्ष कमल नेपालले टिकट पाएका छन् । उनी १० बुँदे मार्फत एमालेमा बसेका नेता हुन् ।

यस्तै १ (ख) मा जुगल गाउँपालिकाका पूर्व अध्यक्ष तथा गाउँपालिका महासंघका केन्द्रीय अध्यक्ष होमनारायण श्रेष्ठले टिकट पाएका छन् ।

२ (क) मा चौतारा साँगाचोकगढीका पूर्व मेयर अमानसिंह तामाङले टिकट पाएका छन् । उनी माओवादी केन्द्रीय सदस्य थिए । तामाङ केही दिनअघि मात्रै एमाले प्रवेश गरेका हुन् ।

२ (ख) मा एमालेका पूर्व जिल्ला अध्यक्ष हस्त पण्डितले टिकट पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर