सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै – Nepal Press

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ ।

निर्वाचनको समय नजिकिँदै जाँदा पाँच दलीय गठबन्धनलाई सिट बाँडफाँटमा चटारो परेको छ ।

त्यसका लागि गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बिहान ८ बजे बालुवाटारमा बस्न लागेको हो । बैठकले सीट बाँडफाँट टुंगो लगाउने कार्यदलले दाबी गरेको छ ।

मंगलवार बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रदेशसभामा सीट बाँडफाँटको मापदण्ड बनाएको थियो । प्रदेशसभातर्फको ३३० सीट बाँडफाँटको प्रस्ताव तयार गरिएको जनता समाजवादी पार्टीका नेता मनिष सुमनले जानकारी दिए ।

उनका अनुसार ०७४ सालमा जितेको क्षेत्रमा सोही दलले लिने र त्यति बेलाको समानुपातिक सीटलाई आधार बनाउने सहमति भएको छ ।

आजको बैठकले प्रतिनिधिसभातर्फको सीटबाँडफाँटमा पनि सहमति गर्ने ठानिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर