रुस आएर युरोप छिर्न पाइने प्रलोभनमा नपर्न मस्कोस्थित नेपाली दूतावासको आग्रह – Nepal Press

रुस आएर युरोप छिर्न पाइने प्रलोभनमा नपर्न मस्कोस्थित नेपाली दूतावासको आग्रह

काठमाडौं । मस्कोस्थित नेपाली राजदूतावासले नेपाली विद्यार्थीलाई रुसमा आकर्षक जागिर पाइने तथा त्यहीबाट युरोप जान पाइन्छ भन्ने प्रलोभनमा नपर्न आग्रह गरेको छ । दूतावासले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।

पछिल्लो समय नेपालका विभिन्न शैक्षिक परामर्श केन्द्रहरुले रुसमा जागिरको आकर्षक अवसर रहेको र यहाँबाट युरोपसम्म छिर्न सजिलो हुने भन्दै विद्यार्थीलाई प्रलोभन देखाउने प्रवृत्ति बढेको कारण यसबाट सजग हुनुपर्ने दूतावासको भनाइ छ ।

विज्ञप्तिमा विभिन्न शैक्षिक परामर्श केन्द्रहरुको प्रलोभनमा परेर रुस आएका कैयौं विद्यार्थीहरु सहजीकरणको माग गर्दै दूतावासको सम्पर्कमा आउने गरेको र केही त सम्पर्कविहीन भएको पनि उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर