चिनियाँ नेता लीले आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्दै, भक्तपुर दरबार क्षेत्रको पनि अवलोकन गर्ने – Nepal Press

चिनियाँ नेता लीले आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्दै, भक्तपुर दरबार क्षेत्रको पनि अवलोकन गर्ने

काठमाडौं । नेपालको औपचारिक भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु आज पनि उच्चस्तरीय भेटवार्तामा व्यस्त हुने भएका छन् ।

आज उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्दैछन् । शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

चिनियाँ प्रतिनिधिमण्डलले भ्रमणका क्रममा आजै भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।

अध्यक्ष लीको नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

हिजो सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्ल्सिना, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छुटाछुटै भेटवार्ता गरेका थिए ।

साँझ बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार काठमाडौँ आइपुगेको हो ।

सोमबार काठमाडौं आइपुगेका अध्यक्ष लीले सभामुख सापकोटासँग सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *