पोखरामा ७ सहकारी बचतकर्ताको विरोध प्रदर्शन (तस्बिरहरू) – Nepal Press

पोखरामा ७ सहकारी बचतकर्ताको विरोध प्रदर्शन (तस्बिरहरू)

पोखरा । पोखराका ७ सहकारी बचतकर्ताले प्रदर्शन गरेका छन् । बचत रकम हिनामिना भएको भन्दै पोखराका प्राइम, सूर्य दर्शन, मित्र मिलन, विन्ध्यवासिनी, इमेज, बलिदानी र शिव शिखर सहकारीविरुद्ध बचतकर्ताले पृथ्वी चोकमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले बचतकर्ताको रकम अपचलनमाथि छानबिनका लागि संसदीय छानबिन समिति बनाउन माग गरेका छन् ।

उनीहरूले ‘हाम्रो समस्या समाधान गर्न आऊ जीवी, जीवी नआए सबै कुराको जिम्मा लिउ रवि’, सहकारी ऋण लिएर तिर्न आनाकानी गर्नेहरुलाई तुरुन्तै कारबाही गर’, ‘जीवी राई कहाँ छ, रवि दाइलाई थाहा छ’ जस्ता प्ले कार्डसहित प्रदर्शन गरेका छन् ।

प्रदर्शनलाई नेपाल कम्युनिष्ट पार्टी कास्कीसहित ६ दलले ऐक्यबद्धता जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर